Skip to content
LAXMI SUNRISE BANK

नेप्से शून्य दशमलव ५६ प्रतिशत बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सोमवार नेप्से परिसूचक शून्य दशमलव ५६ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा नेप्से परिसूचक ८ दशमलव १६ अङ्कले बढेर १ हजार ४ सय ५५ दशमलव ६१ विन्दुमा पुगेको छ । होटल समूह बाहेक कारोबारमा आएका सबै समूहहरुको परिसूचक बढेपछि नेप्से परिसूचकमा बृद्धि भएको हो ।

 यस व्यापार अवधिमा १ सय १० कम्पनीको १ हजार ५ सय ९६ पटकको व्यापारमा रू। १६ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ ।
बीमा समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र बैङ्किङको शून्य दशमलव ६२ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, अन्यको शून्य दशमलव २८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव शून्य ४ प्रतिशत र विकास बैङ्कको  शून्य दशमलव शून्य १ प्रतिशतले बढेको हो । होटल समूहको परिसूचक भने शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK