- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सोमवार नेप्से परिसूचक शून्य दशमलव ५८ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा ८ दशमलव ६० अङ्क घटेर परिसूचक १ हजार ४ सय ६९ दशमलव १२ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से ओरालो लागेको हो ।
यस व्यापार अवधिमा १ सय १४ कम्पनीको १ हजार सातसय २१ पटकको व्यापारमा रू। ३७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
बीमा समूहको परिसूचक १ दशमलव ३७ प्रतिशत घटेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ । साथै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत, वित्त कम्पनीाको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ भने विकास बैङ्कको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।