×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शून्य दशमलव १७ प्रतिशत उकालो लाग्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शून्य दशमलव १७ प्रतिशत उकालो लाग्यो नेप्से

Artha Sarokar

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव १७ प्रतिशत बढेको छ । कारोबारको ३ घण्टा अवधिमा २ दशमलव ५४ अङ्क बढेर १ हजार ४ सय ६४ दशमलव ७७ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका अन्य सबै समूहको परिसूचक बढेपछि परिसूचक पनि बढ्न पुगेको हो । 
यस कारोबार अवधिमा १ सय २० कम्पनीको १ हजार ९ सय ९३ पटकको व्यापार अवधिमा ७ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएको जलविद्युत समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत बढेको छ । त्यसैगरी, होटल समूहको शून्य दशमलव ४ प्रतिशत, बीमा समूहको शून्य दशमलवल ३३ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव २ प्रतिशत, बैङ्किङ समूहको शून्य दशमलव १५ प्रतिशत, विकास बैङ्क समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव ५६ प्रतिशत घटेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी