Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा गिरावट, प्रभु बैंकको संस्थापक शेयरले कारोबार रकममा बढोत्तरी

अर्थ सरोकार

साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से घटेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामामा बढेको छ।  सोमबार बजार परिसूचक नेप्से ७  दशमलब ९६ अंकले घटेर १४५७ दशमलब ८८ को बिन्दुमा पुगेर रोकिएको छ भने २३ लाख २५ हजार सेयर खरिद बिक्रिबाट ४३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
प्रभु बैंकको संस्थापक सेयर मात्रै १० करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, नबिल ब्यालेन्स फण्ड १, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेका छन। 
त्यस्तै सोमबारको कारोबारमा कमाउनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, अपि पावर, ललितपुर फाइनान्स, राष्ट्रिय बिमा कम्पनी, वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन। 
गुमाउनेमा खानी खोला हाइड्रो, मिथिला लघुवित्त विकास बैंक, महालक्ष्मी विकास बैंक, सहयोगी विकास बैंक, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन।
सोमबारको कारोबारमा उत्पादन र फाइनान्स समूह बाहेक अन्य समूहका सूचकहरु भने घटेका छन। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK