
साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको छ भने अघिल्लो दिनको तुलनामामा कारोबार रकममा गिरावट आएको छ। मंगलबार बजार परिसूचक नेप्से २४ दशमलब ८९ अंकले घटेर १४३२ दशमलब ९९ को बिन्दुमा पुगेर रोकिएको छ भने ८ लाख ५३ हजार सेयर खरिद बिक्रिबाट ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रभु बैंकको मात्रै ३ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एसियन लाइफ इन्स्योरेन्स संस्थापक शेयर, प्रभु बैंक संस्थापक शेयर, नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेका छन।
मंगलबार कारोबारमा सबै सूचकहरु घटेका छन। जसमा बैंकिंग समुह २५.५३ अंकले घटेको छ भने बिमा समुह १४०.४९ अंकले ओरालो लागेको छ ।
त्यस्तै मंगलबारको कारोबारमा कमाउनेमा राष्ट्रिय बिमा कम्पनीका संस्थापक शेयर, ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाइड्रो, मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन। गुमाउनेमा खानी खोला हाइड्रो, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंकका लगानीकर्ता रहेका छन।
बैंकहरुले कर्जा प्रवाह करिब करिब रोक्का गर्ने तथा अनुत्पादक क्षेत्रमा प्रवाह गरेको ऋण रिकभरीमा लाग्ने संकेत देखिदा त्यसको प्रभाब सेयर बजारमा सेमत देखिएको छ। एकतर्फ बजार अझै घटेर मार्जिन कलको चेपुवामा पर्ने डर र अर्कातर्फ लगानीकर्ताहरु बैंकहरुले उपलब्ध गराएको १३ प्रतिशत ब्याजमा आकर्षित हुँदा सेयरको आपूर्ति बढेर बजारले ओरालो बाटो लिएको आंकलन गरिएको छ। यद्दपी बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंक तत्कालको तरलता ब्यवस्थापनमा लागेकाले यो समस्या समाधान हुने अपेक्षा गरिएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्था ऋण रिकभर तर्फ लाग्दा सेयर लोनमा पनि ब्याज बढ्ने हो कि भन्ने मानसिकता बनाएर लामो समयदेखि होल्ड गर्दै आएका लगानीकर्ताहरुले समेत घटेर नै सेयर बेच्दा सेलिंग प्रेसर बढेको जनाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्