
काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुवातदेखि नै ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म पनि उकालो लाग्न सकेन ।
नप्से ६.६९ अङ्कले ओरालो लागेर १४४७.४५ विन्दुमा पुग्दा समग्र बजार शून्य दशमलव ४६ प्रतिशतले घटेको छ । यो दिन समग्र परिसूचतक ओरालो लाग्दा बजारमा पहिरो गएको हो । १३१ कम्पनीको १७ लाख ६८ हजार नौ सय ६२ कित्ता सेयर ४१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यो दिन सबै भन्दा बढी होटेल समूहको परिसूचक ३३.२२ अङ्कले ओरालो लागेको छ । यस्तै बिमा समूहको ११.१७, विकास बैङ्क समूहको १०.९२, वित्त समूहको ७.३, बैङ्किङ समूहको ६.८७, अन्य समूहको परिसूचक ५.२ अङ्कले ओरालो लागेको छ ।
यो दिन बैङ्क अफ काठमाडौँ–लुम्बिनीको नौ करोड १२ लाख ४३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नेपाल लाईफ इन्स्योरेन्सको तीन करोड १४ लाख ७५ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने सिटिजन बैङ्क इन्टरनेशनलको तीन करोड तीन लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्