×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसियाले गर्यो प्रगति

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं  – एनआइसी एसिया बैंकले ७२ करोड १४ लाख चार हजार रूपैयाँ खुद नाफा कमाएको विवरण बाहिर ल्याएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नै ७२ करोडभन्दा बढी नाफा आर्जन गर्नुलाई निकै सकारात्मकरुपमा हेर्न सकिन्छ । बैंकको यो नाफा गत वर्षको यही त्रैमासको तुलनामा २२ करोड रुपैयाँले भन्दा धेरै हो । गत वर्ष दोस्रो त्रैमासमा एनआइसी एसियाले ५० करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खराब कर्जा अनुपात पनि ०।७२५ मै सीमित गरिदिएको छ । यसले कर्जा प्रवाहको अवस्था निकै राम्रो रहेको संकेत गर्छ । गत बर्ष दोस्रो त्रैमासको रिपोर्टमा बैंकको खराब कर्जा अनुपात १।४०५ थियो । यसलाई आधार मान्दा खराब कर्जा घटाउन बैंक निकै सफल रहेको पुष्टि हुन्छ । एनआइसी एसियाको चुक्ता पुँजी ५ अर्ब ८१ करोड ९६ लाख ५० हजार रुपैयाँ रहेको छ  । गत वर्ष चुक्ता पुँजी ३ अर्ब ६९ करोड हाराहारीमा थियो । 
चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजनामा बैंक अघि बढिरहेको देखिन्छ । एनआइसी एसियाको जगेडा कोषमा पनि दुई अर्ब ६४ करोड ७९ लाख ५६ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउँदै गएको अवस्थामा यो रिजर्भ कोष पनि नराम्रो होइन । रिजर्भ पनि गत वर्ष भन्दा बढेको हो । गत वर्ष यही बेला रिजर्भ कोषमा दुई अर्ब ३० करोड हाराहारीमा पैसा थियो । 
बैंकले फराकिलो अन्तरले नाफा कमाउन सक्नुमा खुद ब्याज आम्दानीको महत्वपूर्ण हात देखिन्छ । एनआइसी एसियाले दोस्रो त्रैमासमा एक अर्ब १५ करोड ३८ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष यही त्रैमासमा यस्तो आम्दानी ८४ करोड ११ लाख २९ हजार रुपैयाँमात्र थियो ।
बैंकले ३२ करोड ८३ लाख ३६ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा १३ करोड ३७ लाख ८६ हजार राखेको छ । एनआइसी एसियाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २७ रूपैयाँ दुई पैसा थियो । बैंकको कस्ट अफ फन्ड ४।४९ प्रतिशत छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: