- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – एनआईडीसी क्यापिटल मार्केट लिमिटेड (NIDC Capital)ले दोस्रो त्रैमासमा मुनाफा ५ करोड ४५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनामा ३५ दशमलव ७१ प्रतिशतले कमी गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ८ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
क्यापिटल मार्केटको निक्षेपमा १ दशमलव ४२ प्रतिशतले बढेर ९२ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ६० करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २ दशमलव ३० प्रतिशतले वृद्धि गरेको हो । यसको खुद व्याज आम्दानी ५६ प्रतिशतले घटेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।
क्यापिटल मार्केटको निष्कृय कर्जा २ दशमलव ७८ प्रतिशत, जोखिम युत्त सम्पत्ति ३३ दशलमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २३ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ७१ गुणा, तरलता अनुपात ६४ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २ सय १ दशमलव ८६ रुपैयाँ रहेको छ ।