×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा मतदाता नामावली संकलन कार्य तीब्र

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा मतदाता नामावली संकलन कार्य तीब्र

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ – सरकारले स्थानीय तह चुनावको मिति घोषणा गरिरहेका बेला निर्वाचन आयोग नेपाल, जिल्ला निर्वाचन कार्यालय चितवनले फोटोसहितको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिक कार्यक्रमलाई तीव्र पारेका छन् । निर्वाचन कार्यालयका अनुसार अहिलेको मतदाता नामावलीसहित अब हुने निर्वाचनमा चितवनमा तीन लाख १५ हजार मतदाता पुग्ने छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनले यसपटक १७ वटा चरणमा फोटोसहितको नामावली संकलन तथा अध्यावधिक गरेको छ । ‘१७ चरणमा गरिएको नामावली संकलनमा १२ वटा चरणका काम पूरा भएको छ’ जिल्ला निर्वाचन कार्यालय भरतपुरका कार्यालय प्रमुख हरिप्रसाद ढकालले भने, ‘अहिलेको मतदाता नामावली संकलन कार्यक्रम दाबी विरोधको लागि पनि हो ।
 जिल्ला निर्वाचन कार्यालय भरतपुरले यही पुस ५ गतेबाट मतदाता नामावली संकलन गरेको थियो । निर्वाचन कार्यालयले माडी नगरपालिका,नारायणी नगरपालिका, चित्रवन नगरपालिका र भरतपुर उपमहानगरपालिकामा फोटोसहितको नयाँ मत दाता नामावली संकलन गरिसकेको छ । चितवनका पहाडी गाविस, काउले,दारेचोक,कविलास, चण्डिभन्ज्याङ, सिद्धि,कोराक , दाहाखानी र लोथरमा पनि मतदाता नामावली संकलन कार्यक्रम भइसकेको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
 ढकालका अनुसार राप्ती, खैरहनी, रत्ननगर र कालिका नगरपालिका मा मतदाता नामावली संकलनको काम सम्पन्न हुन बाँकी रहेको छ । मतदाता नामावली संकलन को काम राप्ती नगरपालिकामा माघ ५ गते, खैरहनी मा ७ गते, रत्ननगर र कालिका नगरपालिकामा १३ गते सकिने निर्वाचन कार्यालयका कम्प्युटर विभागका कर्मचारी सूर्यप्रसाद आचार्यले जानकारी दिए । मतदाता नामावली संकलनको माघ १३ गतेसम्म पूरा हुने निर्वाचन कार्यालयले जनाएको छ ।
 पुस २९ गतेसम्मको रेकर्डअनुसार चितवनमा तीन हजार ९१२ जना महिला सहित ७ हजार ६९६ जनाको मतदाता संकलन भएको छ । ‘यसपटक फोटो सहितको नयाँ मतदाता नामावली १० हजार कट्ने अनुमान गरिएको छ’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने, ‘यो नयाँ मतदाता नामावली सहित चितवनमा तीन लाख १५ हजार मतदाता संख्या पुग्ने देखिन्छ ।
 तत्काल स्थानीय तहको चुनाव घोषणा भए अहिले संकलन गरेको मतदाता नामावली नै प्रयोगमा आउने ढकालले बताए । निर्वाचनमा मतदान गर्नको लागि सबै योग्य नागरिकहरूले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गराउनु पर्दछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
 देशभर नै संकलन स्थानीय तहको चुनावलाई मध्यनजर गरेर निर्वाचन आयोगले देशभर नै मतदाता नामावली संकलन गरेको छ । निर्वाचन आयोगले पहाड र तराईका ५४ जिल्लामा अभियानकै रुपमा मतदाता नामावली संकलन गरिरहेको छ । यस अघि हिमाली २१ जिल्लामा अभियान सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
 माघ १५ गते सम्म चल्ने अभियानमा १६ वर्ष पुगेका र नागरिकता लिएका सबैलाई सहभागी हुन आयोग ले अनुरोध गरेको छ । एकपटक फोटो सहितको मतदाता नामावली संकलन गरिसकेकाले पुनः दोहो¥याएर मतदाता नामावली दर्ता गर्न पर्दैन । नामावली संकलन अभियान सकिएलगत्तै मतदाता परिचयपत्र बनाएर वितरण गरिने आयोगले जनाएको छ । देशभर करिब एक करोड ४० लाख मतदाता पुग्ने आयोगको अनुमान छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: