
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – निजी क्षेत्रको पहलमा नेपालमा शुक्रबार पहिलो पटक निर्यात दिवस मनाइँंदैछ। नेपाल हस्तकला महासंघको सहआयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र वस्तुगत संघको सहकार्यमा नेपाल निर्यात परिषद्ले दिवस मनाउन लागेको हो।
निर्यात प्रवर्धनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने, सरकारलाई दबाब दिन र निर्यातका विषयमा बहस गराउने उद्देश्यले निर्यात परिषद्को स्थापना भएको दिन पुस २२ को अवसरमा पारेर शुक्रबार निर्यात दिवस मनाउन लागिएको हो। निर्यात दिवसका अवसरमा बिहान ठमेलबाट प्रभातफेरि र्याली निकालिएको छ।
दिउँसो साढे २ बजे मल्ल होटलमा दिवसको मूल कार्यक्रम हुने छ। निर्यात प्रवर्धनमा सरकारले खासै चासो नदिएकाले निजी क्षेत्रले नै अग्रसरता देखाएको उद्योग वाणिज्य महासंघले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्