×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रकम अपुगको घटना नम्बर ४ : बीस रुपैयाँको बन्डलमा १० रुपैयाँको नोट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रकम अपुगको घटना नम्बर ४ : बीस रुपैयाँको बन्डलमा १० रुपैयाँको नोट !

२३ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बन्डलमा नोट नपुग्नु वा हजारको नोटमा १० रुपैयाँ राखेर ग्राहक ठगीएको समाचार अर्थ सरोकार डटकमले यसअघि पनि प्रस्तुत गरिसकेको छ । फेरी त्यस्तै अर्को घटना बाहिरिएको छ ।
सानीमा बैंक लहान साखाले बिमल इन्टरप्राइजेजलाइ दिएको नोटको बन्डलमा १० रुपैयाँ अपुग भएको छ । २० रुपैयाँको बन्डलमा १० रुपैयाँको नोट राखिएको पाइएपछि ग्राहकले १९९० रुपैयाँमात्र पाएका छन् । राजश्री बचत तथा ऋण सहकारी संथा लिमिटेड, सर्लाहीको स्टिकर टाँसी हस्ताक्षर समेत गरिएको बिटोमा कम नोट फेला परेको हो । 
यसरी हरेक नोटमा गलत नोट राखिँदा किन १० रुपैयाँ नै पर्छ भन्ने अर्को खोजीको विषय बन्न सक्छ ।
हामीले यसअघि एक लाखको नोटमा एक हजार नपुगेको, एक लाखको बन्डलमा १० रुपैयाँको नोट परेको लगायत विभिन्न उस्तै प्रकृतिका घटनाहरु सार्वजनिक गरेका थियौं । यसरी पटक पटक नोट कम हुँदा पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।   
यस अघिका घटनाहरु :    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: