×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकमा फेरि पांडेपजनी !

PRIME CA

राष्ट्र बैंकमा फेरि पांडेपजनी !

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा  महिनैपिच्छे पांडेपजनी गर्न थालिएको छ । बेलैमा गर्नुपर्ने बढुवातर्फ कानमा तले हालरे बसेको बैंक व्यवस्थापन आफ्ना मान्छेलाई राम्रो ठाउँमा र बिरोधीलाई लो प्रोफाइलको विभाग तथा कार्यालयमा सरुवा गरेर जग जग हँसाएको छ । गत साता बैंकले गरेको निदर्शेकहरूको सरुवामा उपत्यका बाहिरका कार्यालयका प्रमुख परेका छैनन् । 
विनोद आचार्यलाई लघु वित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभाग लगिएको छ भने, आचार्य रहेका वित्त कम्पनी सुपरीवेक्षण विभागमा ईश्वरी न्यौपानेलाई लगिएको छ । विदेषीय  विनिमय विभागमा बैंकिङ् कायार्लयका
चेतप्रसाद उप्रेतीलाई सरुवा गरिएको छ भने  रोशन सिग्देल, आनन्द पौडेल, ईश्वरी न्यौपाने र पमे्र प्रसाद न्यौपानेलाई कायम–मकुकायम दिएर क्रमशः आन्तरिक लेखापरीक्षण विभाग, सामान्य सेवा विभाग, वित्त कम्पनी सुपरीवेक्षण विभाग र मुद्रा व्यवस्थापन विभागमा राखिएको छ । 
सामान्य सेवा विभागका तेजबहादुर रानालाई वित्त व्यवस्थापन विभागमा लगिएको छ । वित्त व्यवस्थापन विभागका रविन्द्र महजर्न लार्इ  बैंकिङ  कायार्लय पुर्याइएको छ । पोमनाथ गौतम, अशोककुमार पौडेल र रामचन्द्र गौतमलाई भने क्रमशः सामान्य सेवा विभाग, बैंकिङ सुपरीवेक्षण विभाग र बैंकर्स प्रशिक्षण केन्द्रमानै यथावत राखिएको छ । 
एकजना कायर्ककारी निदर्शेकका अनुसार कनिष्ठ डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नरको साँठगांठठमा एक्लौटी ढंगले सरुवा गरिएको आरोप बिरोधी खेमाका कर्मचारीहरूले लगाएका छन् । एमाले निकट कर्मचारी संघले पनि वामपन्थी निकटमध्ये पनि एमाले निकट निदर्शेकहरूलार्इ  छानी छानी कम प्रभावशाली विभागमा सरुवा गरिएको भन्दै असन्तुष्टी जाहेर गरेको स्रोतको दाबी छ । सेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: