×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी जलविद्युत आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलार्इ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

न्यादी जलविद्युत आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलार्इ

४ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माणका लागि न्यादी हाइड्रोपावर लिमिटेड र  चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्सट्रक्सन एण्ड इन्स्टलेशन कम्पनीबीच आज ठेक्का सम्झौता भएको छ ।
हाइड्रोपावर कम्पनीले आज प्रेस विज्ञप्तीमार्फत इपिसी ढाँचामा ठेक्का सम्झौता भएको जनाएको हो । चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कामहरूको ठेक्का पाएको हो । सम्झौतामा कम्पनीका तर्फवाट अध्यक्ष राजिव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष  लिऊ कोेछिङ्गले हस्ताक्षर गरे ।
आयोजनाको निर्माण कार्य आगामी फेब्रुअरीदेखि शुरु हुने विज्ञप्तीमा उल्लेख छ । आयोजनाको  निर्माण अवधि ३८ महिनाको हुने बताइएको छ । कम्पनीका अनुसार आयोजना सन् २०२० को अप्रिल महिनाभित्रै सम्पन्न भई संचालनमा आउनेछ।
न्यादी हाइड्रोपावर लि बुटवल पावर कम्पनी लि। र लमजुङ विद्युत विकास कम्पनीको संयुक्त लगानीको कम्पनी हो । यसमा आयोजना प्रभावित स्थानीय जनता तथा सर्वसाधारणहरुलाई समेत शेयर जारी गरिने बताइएको छ ।
आयोजनामा  एभरेष्ट बैंकको नेतृत्वमा तथा नविल बैंकतथा ग्लोवल आईएमई बैंकको सहनेतृत्वमा एवं हिमालयन बैंक, सनराईज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी को सहभागिताको सहवित्तियकरण समुहले ऋण लगानी गर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।
आयोजनाको लागि जग्गा खरिदको कार्य, पहुँच मार्गको निर्माण, विद्युत खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तिय व्यवस्थापनको काम भैसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: