
एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले ल्याएको स्वास्थ्य सेवासम्बन्धी कानूनको पक्षमा लड्न डेमोक्रेटिक सांसदलाई आग्रह गरेका छन्। आफूले हस्ताक्षर गरेको विधेयक नयाँ सरकारले खारेज गराउने सम्भावना बढेपछि ओबामाले विधेयकका पक्षमा एकजुट हुन आग्रह गरेका हुन्।
राष्ट्रपति ओबामाले २ करोड अमेरिकीलाई स्वास्थ्य सेवामा सहुलियत दिने ल्याएको स्वास्थ्य कानून संसदको दुवै सदनमा रिपब्लिकनको पकड हुने भएपछि खारेज हुनसक्ने सम्भावना बढेको छ । ओबामाले ल्याएको कानूनमा सबै अमेरिकीको स्वास्थ्य बिमा हुनुपर्ने, बिमा पोलिसी सरकारी बिमा कम्पनीबाट खरिद हुनुपर्ने, कम्तीमा ५० जना कामदार रहेको कम्पनीले बिमा सुविधा दिनै पर्ने, २६ वर्ष मुनिकाको बिमा अभिभावकको पोलिसीअन्तर्गत हुनुपर्ने प्रावधान छ ।
रिपब्लिकन सांसदहरूले यस्तो व्यवस्था अव्याहारिक हुने र अमेरिकाले धान्न नसक्ने बताउँदै आएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा आफूले अमेरिकीका लागि अझ उत्कृष्ट र कम खर्चिलो योजना ल्याउने प्रतिबद्धता जनाएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्