
एजेन्सी – पछिल्लो समय एशिया प्रशान्त क्षेत्रमा कच्चा तेलको उत्पादन घट्दै गइरहेको बताउँदै तेल उत्पादन कीर्तिमानी न्यून बिन्दुमा पुग्ने एक परामर्शदाता संस्थाले चेतावनी दिएको छ । विश्वव्यापी ऊर्जा, रसायन नवीकरणीय ऊर्जाबारेको वुड म्याकेन्जीले यस्तो बताएको हो ।
सन् २०१६ मा प्रतिदिन ७५ लाख ब्यारेल तेल उत्पादन भएकोमा सन् २०२० सम्म उत्पादन प्रतिदिन १ लाखभन्दा बढीले घट्ने संस्थाको भनाइ छ । सो अवधिमा कच्चा तेलमा आएको कमीको आधाभन्दा बढी हिस्सा चीनले ओगट्ने अनुमान गरिएको छ । चीन, इण्डोनेशिया, मलेशिया र थाइल्याण्ड एशियाका सबैभन्दा ठूला कच्चा तेल उत्पादकमध्ये हुन् ।
सन् २०१४ को मध्यतिर कच्चा तेलको भाउमा आएको उच्च कमीका कारण त्यहाँ उद्योगहरूको तेल उत्पादन घटेको थियो । यद्यपि, पेट्रोलियम निर्यातक राष्ट्रको सङ्गठन ओपेक तथा अन्य तेल उत्पादकहरूले तेल उत्पादनमा कटौती गर्ने सहमति भएसँगै तेलको भाउमा केही सुधार भने आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्