
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ।
भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिए पनि ना २ ख ३८२४ नंको तेल ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका मुर्ली निवासी शम्भु पाण्डेले सिल तोडी चोरी गरी वीरगन्ज गण्डकस्थित एक पेट्रोल पम्पमा तेल दिइरहेको बखतमा मंगलबार पक्राउ परेका हुन्।
त्यसैगरी, ना २ ख ३८२३ नंका ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका बहुअरी–१ निवासी मुकेशकुमार कुर्मीले पनि भारतको रक्सौलबाट पेट्रोल लोड गरी बाराको बधवन पम्पमा तेल झार्नुपर्ने देखिए पनि बाराको रिजर्भ आयल निगममा चोरी गरी पेट्रोल झार्दा पर्सा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट प्रहरीले सिल लागेको सिलबन्दी तोड्ने र तेल राख्ने सामग्री पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्