×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीलाई बोनस बाँडेर तेलको मूल्य बढाउँदै आयल निगम, फाल्गुन पहिलो साता बढ्दैछ भाउ !

PRIME CA

कर्मचारीलाई बोनस बाँडेर तेलको मूल्य बढाउँदै आयल निगम, फाल्गुन पहिलो साता बढ्दैछ भाउ !

८ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल आयल निगालले आफ्ना कर्मचारीहरुलाई बोनस खुवाउने भएको छ । निगमले १ अर्ब १० करोड रुपैयाँभन्दा बढी बोनस रकम आफ्ना कर्मचारीलाई बाँड्ने भएको हो । आयल निगममा झन्डै २ अर्ब रकम बोनसका नाममा जम्मा भएको छ । 
आयल निगम घाटामा जाँदा सरकारबाट रकम माग्ने तर, नाफा भयो भने कर्मचारीले बाँडेर खाने संस्कृतिले नेपाल आयल निगमलाइ धरासायी बनाउने केहि सरोकारवालाहरुको गुनासो छ । केहि समयअघि निगमका कर्मचारीहरुलाई बाँड्न लागिएको बोनसका विपक्षमा मुद्धा परेको थियो । सर्वोच्चमा परेको उक्त मुद्धाको फैसला आउन भने बाँकी छ ।
यता बोनस बाँडीएपछी आयल निगमले तेलको मूल्य पनि बढाउने भएको छ । स्रोतका अनुसार आयल निगमले यहि फाल्गुन पहिलो साताबाट तेलको मूल्य बढाउने तयारी गरिरहेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: