×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेलको भाउ घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तेलको भाउ घट्यो

Artha Sarokar

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – कमोडिटिज बजारमा कच्चा तेलको भाउ घटेकोे छ । हालै सार्वजनिक भएका तथ्याङ्कहरूले अमेरिकामा तेल उत्खनन तीव्र दरमा बढिरहेको देखिएपछि तेलको भाउ घट्ने क्रमले थप निरन्तरता पाएको हो । यस तथ्याङ्कले बजारलाई टेवा दिन उत्पादन कटौती गर्ने ओपेक तथा अन्य तेल उत्पादक राष्ट्रहरूको प्रयास कतै व्यर्थ हुने त होइन भन्ने चिन्ता लगानीकर्तामा बढाएको छ । 
शुक्रवार बजार बन्द हुँदा न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा मार्च डेलिभरीको यूएस् क्रुड आयलको भाउ ६१ सेण्टले घटी प्रतिब्यारेल ५३ डलर १७ सेण्ट कायम भएको थियो । उता लण्डनस्थित आईसीआई फ्युचर्समा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेण्ट क्रुडको भाउ पनि प्रतिब्यारेल ७२ सेण्टको कमीसहित ५५ डलर ५२ सेण्टमा आएको थियो ।
बेकर ह्यूजले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गतहप्ता अमेरिकी तेल तथा ग्यासमा थप १५ रिग थपिएको छ । योसँगै  विगत १३ हप्तामा १२ हप्ता रिग काउण्ट बढेको छ । योसँगै अमेरिकाको कुल रिग काउण्ट ५ सय ६६ मा पुगेको छ । यो सन् २०१५ को नोभेम्बरयताकै उच्च हो ।
तत्काल तेल बजारमा आपूर्ति सबैभन्दा मुख्य तत्त्व बनेको छ, ओपेकले घटाएको आपूर्तिलाई अमेरिकाले पूर्ति गरिरहेको छ,’ अमेरिकी बैङ्क ‘प्राइभेट क्लाइण्ट ग्रूप’का क्षेत्रीय लगानी व्यवस्थापक मार्क वट्किन्सले भने । चीन र सिङ्गापुरलगायतका मुख्य बजारमा नयाँ वर्षको सार्वजनिक बिदाका कारण छिटपुट कारोबार हुँदा एशियाली बजारमा भने तेलको भाउ बढेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी