Skip to content
LAXMI SUNRISE BANK

ओलीको प्रस्तावलाई दाहालले मुन्टो बटारेपछि….दुई घण्टामा पनि गलेन दाल

अर्थ सरोकार

आइतबार  प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच गोप्य वार्ता भयो । वार्ता कुनै रिर्सोट र होटलमा नभई एक जना व्यापारीको घरमा भएको थियो ।
दुई घण्टासम्म चलेको उक्त वार्ताबाट सकरात्मक निकास निस्कने धेरैको अपेक्षा थियो । तर सो आशा निराशामा बदलिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच दुई घण्टासम्म चलेको उक्त वार्तामा कुनै सकरात्मक निकास निस्किएको छैन । संसदमा जारी गतिरोध खुलाउने वातावरण बनाउने भएको भेटमा दुबै नेता एक्लाएक्लै बसेर छलफल गरेका थिए । 
सोमबार (आज) सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै संसद् अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले ओलीलाई आग्रह गरेका थिए । जवाफमा ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै सहयोग हुने जवाफ दिएको उनी निकट स्रोतले जानकारी दिएको छन् ।
  • एस काठमाडौं
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK