×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक भिडन्तमा जाँदै मुलुक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राजनीतिक भिडन्तमा जाँदै मुलुक

Artha Sarokar

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै को नयाँ आयाम सुरु भएको छ ।
एमालेले साथ नदिए पनि प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव पुस २४ को बैठकमा अगाडि बढाउँदै पारित गराउने आश्वासन मधेसी मोर्चालाई दिएका छन् ।
बालुवाटारमा बिहीबार बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताको बैठकमा प्रचण्डले पुस २४ गते कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने बताएका हुन् ।
एमालेले भन् शुक्रबारको आमसभाको तयारीस्वरुप राजधानीमा बिहीबार मोटरसाइकल र्‍याली गरेको छ ।  अन्नपूर्ण पोस्ट दैनिकमा  खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी