
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – राजनीतिक गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरू सहित कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छन्। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा दलहरूबीच सहमति जुटाएर संसद चलाउने वातावरण बनाइने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।
सर्वोच्च अदालतको आदेशपछि प्रमुख प्रतिपक्षीलाई सदन अवरोध हटाउन नैतिक दबाब परेकाले मंगलवार दलहरुबीच सहमति भई संसद बैठक चल्ने अनुमान गरिएको छ। एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसद बैठक अघि दलहरुबीच हुने छलफल सकारात्मक भए सदनको अवरोध हट्न सक्ने बताए।
संसद बैठक चल्ने भएमा कार्यव्यवस्था परामर्श समितिको छलफलका आधारमा सभामुखले कार्यसूची निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ। संसद बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्