
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सभामुख ओनसरी घर्तीको आह्वानमा अहिले संसद् अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसद्को गतिरोध अन्त्य र मंगलबार बस्ने संसद् बैठकको कार्यसूचीका बारेमा छलफल भइरहेको छ । संविधान संशोधनको विषयलाई लिएर एमालेसहितका विपक्षी दलहरुले एक महिनादेखि सदन अवरुद्ध गर्दै आएका छन् ।
संसद् अवरुद्धले सदनका कामकारबाही प्रभावित भएपछि सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन् ।सर्वोच्चले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई रोक्न नमिल्ने फैसला सुनाएपछि विपक्षी दलहरुलाई संसदको अवरोध खुलाउन नैतिक दवाव परेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्