![]() |
| अप्पोको एफवानएस मोडलको मोबाइलले खिचेको फोटो |
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ‘सेल्फी एक्स्पर्ट’ भन्दै बजारमा खुब विज्ञापन गरेको ओप्पो मोबाइलले उपहारका नाममा जनतालाई ठग्ने गरेको पाइएको छ । अप्पोले उपहारभन्दै दिएको सेल्फीस्टिक बिग्रेको पाइएको भन्दै हाल चलिरहेको क्यान इन्फोटेकमा गुनासो पोखिएपछी यस्तो खुलासा भएको हो । ‘सेल्फी एक्सपर्ट’ भनेपनि राम्रो फोटो नखिचेको भन्ने जनगुनासो आइरहेका बेला मोबाइल कम्पनीले उपहारका नाममा दिएको बाकसभित्र बिग्रेको ‘सेल्फीस्टिक’ र अन्य गुणस्तरहीन सामाग्री भेटिएपछी ओप्पोमोबाइलप्रतिको क्रेज घटेको पाइएको छ ।
उपहार पाएको सेल्फी स्टिक बिग्रेको पाइएपछी…
अर्थ सरोकारकर्मीले केहि दिनअगाडी किनेको एफवानएस मोडलको ओप्पो मोबाइल किन्दा पाएको उपहार बाकसभित्र बिग्रेको सेल्फीस्टिक भेटिएपछि मोबाइल किनेको न्यूरोडको एक पसलमा सेल्फीस्टिक बिर्ग्रेको भएकाले साट्न अनुरोध गरेका थिए । तर ती पसलका प्रतिनिधिले उक्त गल्ती ओप्पो कम्पनीकै भएको र एउटा मोबाइलवापत एउटा बाकस उपहार मात्रै प्रदान गरिने हुनाले आफुले केहिपनि गर्न नसक्ने बताएका थिए । अप्पोले मोबाइलसँगै आएको ‘ईएरफोन’ पनि बिग्रेको पाईएको गुनासो राख्दा पसलका प्रतिनिधिले, ‘मोबाइल बरु १ महिनाभित्र साट्न मिल्ने तर इयरफोन र चार्जरमा वारेन्टी नहुने’ बताएका थिए ।
जव क्यान इन्फोटेकको स्टलमा गुनासो पोखियो…
भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेकमाओप्पो मोबाइलले पनि अप्पोले स्टल राखेको छ । सोहि स्टलमा बिहिबार अर्थ सरोकारकर्मी पुगी उपहारमा बिग्रेको सेल्फी स्टिक परेको गुनासो गरेका थिए । स्टलमा बसेका अप्पोका प्रतिनिधिले विद्युतीय सामान भएकाले त्यसको वारेन्टी नहुने बताए । ‘त्यहि बेला भनेको भए साटीदिन्थ्यौं ।’ अप्पोका प्रतिनिधिले यस्तो दावी गरेपछि अर्थसरोकारकर्मीले आफुले प्रयास गरेको तर आफ्नो सेल्फीस्टिक नसाटीएको, ईयरफोन पनि बिग्रेको पाइएको र सोचेजस्तो फोटो पनि नाखिचेकाले क्यामराको सेटीङ बिग्रिएको होकि भन्ने प्रश्न गरेपछि उनीहरु केहि साम्य भएका थिए । केहि समयको तर्क-वितर्कको काम भएपछी अप्पोका प्रतिनिधिले बिग्रेको सेल्फीस्टिक साटीदिने बताएका थिए ।
फोटो पनि सोचेजस्तो खिचेन अप्पोले…
आफुलाई ‘सेल्फी एक्स्पर्ट’ दावी गर्ने अप्पोले राम्रो फोटो नखिचेको गुनासो अर्थ सरोकारकर्मीले गरेपछि त्यहाँका प्रतिनिधिले ‘सेटीङ’ बिग्रिएको हुन सक्ने भन्दै मोबाइल केहि छिन् चलाए । तर जति चलाउँदा पनि मोबाइलले राम्रो सेल्फी नखिचेपछी, क्यामरामा धुलो परेको हो कि भन्दै अप्पोका प्रतिनिधि पन्छिन खोजे । तर सेल्फी एक्स्पर्ट भनिएजस्तै फोटो नखिचेको गुनासो पटक-पटक गरेपछि अप्पोका प्रतिनिधिले अप्पोले त्यहाँभन्दा राम्रो फोटो नाखिच्ने स्वीकार गरे । अर्थ सरोकारकर्मीले त्यहींनै अप्पोको स्टलको फोटो खिची, फोटो गुणस्तरीय नभएको बताएपछि उनीहरुले समेत अप्पोको गुणस्तर त्यतिनै भएको र मोबाइल चित्त नबुझे १ महिनासम्ममा फिर्ता गर्न सकिने बताए ।
![]() |
| अप्पोको एफवानएस मोडलको मोबाइलले खिचेको फोटो |
पत्रकारसँग अप्पोका प्रतिनिधिको जवाफ : ‘ठगेको भने ठगेकै हो’
अर्थ सरोकारकर्मीले बिग्रिएको इयरफोन, बिग्रिएकै सेल्फीस्टिक दिएको र भनेअनुसारको फोटो पनि नखिच्ने मोबाइललाइ बढी प्रचार गरेर जनता ठगीरहेको गुनासो पोखेपछि त्यहाँ रहेका एक प्रतिनिधिले ‘ठगेको भने ठगेकै हो’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिए । अर्थसरोकारकर्मीले भ्याट बिल त पुरैको दिईएको छैन भन्ने पनि गुनासो आएको छ नि ! भनी प्रश्न गर्दा ‘त्यसो भए राजश्व विभागमै गएर उजुरी गर्नुस्’ भन्ने ठाडो उत्तर दिएका थिए । तपाईंका ब्राण्ड मेनेजर ‘सुरजजी’ सँग भेट्न सकिन्छ भन्ने हाम्रो प्रश्नमा त्यहाँका प्रतिनिधिले थपे, ‘उहाँले त ब्राण्ड हेर्ने हो । उहाँलाई फोनको बारेमा के नै थाहा हुन्छ र ?’
माथि खिचिएका दुइ तस्विर ओप्पोकै एफवानएस मोडलको फोनले खिचिएको हो । फोटोको गुणस्तर कति छ, आफैं छुट्याउनुहोस् ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्