
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा एमाले सहितका प्रतिपक्षी ९ दलले आइतबार पनि संसद अवरोध गर्ने निर्णय गरेका छन्। सिंहदरबारमा बसेको ९ दलको बैठकले संसद खोल्नका लागि सरकारले कुनै छलफल नगरेकाले अहिलेकै अवस्थामा संसद खोल्न नदिने निर्णय गरेको हो ।
संसद खोल्ने विषयमा सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नगरेको र सर्वोच्च अदालतको आदेशमा पनि प्रदेश सभा गठन नभएसम्म सीमांकन हेरफेर गर्न नमिल्ने उल्लेख भएकाले अहिलेकै अवस्थामा संसद खोल्न नसकिने बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
अहिलेकै अवस्थामा संसद खोल्न सकिदैनु उनले भने संसद खोल्ने विषयमा सरकारले कुनै छलफल गरेको छैन, सर्वोच्च अदालतले पनि प्रदेश सभा गठन नभई सीमांकन हेरफेर गर्न संसदले सक्दैन भनेको छ। संसद खोल्ने लगायतका सबै विषयमा छलफल गर्न प्रतिपक्ष तयार रहेको नेम्वाङले बताए। उनले सरकार एकतर्फी रुपमा अघि बढ्न खोजेको आरोप पनि लगाए ।
प्रधानमन्त्रीले प्रतिपक्षीको विषयमा कडा टिप्पणी गरिरहनुभएको छु नेम्वाङले भने मन्त्रीहरुलाई पनि कडा टिप्पणी गर्न लगाइरहनुभएको छ। यसले दूरी घट्नुको साटो बढ्छ। यसले निश्कर्ष निस्कन सक्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्