
पार्टी फुट्यो क्रिम पाउडर र लिपिस्टिकले ! यो कुनै ठट्टा नभएर थरुहट तराई पार्टीमा भएको घटना हो । व्यवस्थापिका संसदमा समानुपातिकतर्फ जम्मा दुई सांसद रहेको सो पार्टी विभाजित भएर अहिले एक–एक सांसदको बेग्लाबेग्लै पार्टी छन् ।
सांसद तथा शाहीकालीन सहायकमन्त्री गोपाल दहितले ओभर मेकअप गरेर नहिँड्न भनेपछि विवाद चुलिएको गंगा चौधरीले बताइन् । ‘क्रिम, पाउडर र सबैथोकमा उहाँले मलाई धेरै दुःख दिनुभयो, कमेन्ट गर्नुभयो’, उनले भनिन्, ‘मैले क्रिम लगाउने कि लिपिस्टिक लगाउने, त्यो मेरो व्यक्तिगत स्वतन्त्रता हो ।’
दहितले गरेको काम आधिकारिक हुने, तर अरुले गरेको काम र कुरा आधिकारिक नहुने भएपछि पार्टीमा समस्या अएको उनले सुनाइन् । विशेषतः लोकमान प्रकरणमा आफू महाअभियोग पक्षधर, दहित महाअभियोग लगाइनु नहुने पक्षधर हुँदा धेरै समस्या भएको उनले बताइन ।
पार्टीको बैठकमा ३० वर्ष नकटेकी गंगाले आफ्नो उमेरमा आफूले आफ्ना इच्छाअनुसार खान, लागउन पाउनुपर्ने माग गरेकी थिइन् । पार्टी अध्यक्ष भानुराम चौधरी गंगाकै पक्षमा थिए । तर, कुनै पनि निर्णयबिना बैठक सिकियो ।
बैठकपछि दहितले केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत रुपमा बोलाउँदै आफूलाई कारबाही गर्ने तयारीमा लागेपछि नयाँ पार्टी गठन गरिन्, जसलाई संसद सचिवालय बैधानिकता दिइसकेको छ ।
रमाइलो कुरा के छ भने, पार्टीमा दहितभन्दा गंगा पुरानी नेता हुन् । दहित शाही शासन ढलेपछि पार्टीमा प्रवेश गरे, गंगाचाहिँ संयुक्त थारु राज्य परिषद्देखि नै आन्दोलनमा सहभागी थिइन् ।
-जनआस्था साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्