×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो लाभको लागि ज्ञवाली बर्खास्त गरियो : अध्यक्ष राणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आफ्नो लाभको लागि ज्ञवाली बर्खास्त गरियो : अध्यक्ष राणा

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले आपत्ति प्रकट गरेका छन् । राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको बताए ।
उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको आरोप लगाए। भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन सरकारसँग माग गरे । 
अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको बताए। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको उनले बताए ।   राणाले मधेशी मोर्चालाई साथ नलिई निर्वाचनमा जान नसकिने धारणा राखे। उनले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने बताए ।
 सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकालिसकेको छ । राप्रपाले यथास्थितिमा संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने अडान राख्दै आएको छ ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: