
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तमा तीन जनाको नाम सिफारिस गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले पूर्वसचिव ईश्वरीप्रसाद पौडेल तथा पूर्वसहसचिव द्वय सुधिरकुमार शाह र नरेन्द्र दाहालको नाम निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।
अब यी तीनैजना आयुक्तमा नियुक्त हुनुअघि संसदीय सुनुवाइ विशेष समितिबाट नाम पारित हुनुपर्छ। सिफारिसमा परेका तीनमध्ये पौडेल काँग्रेस, दाहाल एमाले र शाह माओवादी केन्द्र निकट मानिन्छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव, प्रधानन्यायाधीश सुशीला कार्की, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।
आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित ५ जना आयुक्त रहने व्यवस्था संविधानमा छ। तर, आयोगमा हाल प्रमुख आयुक्त अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मामात्र छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्