
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशविनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन्। संयुक्त अरब इमिरेट्स युएईको दुबईमा प्रवासी नेपालीहरुले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु नहुने बताएका हुन्।
मधेशका लागि काठमाडौं र काठमाडौंका लागि मधेश दुबै अभिन्न रुपमा जोडिएका छन् । मधेशविनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने, ‘सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो।’ प्रधानमन्त्रीले पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरणतर्फ लाग्न नहुने बताए ।
पहाड र मधेशका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो । कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन ।’ उनले आफ्नो सरकार आर्थिक समृद्धिका लागि क्रियाशील रहेको पनि दावी गरे ।
मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु । कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरु छिटो सम्पन्न गर्न सकिन्छ, तपाईंहरुको पसिनाबाट आर्जेको बिप्रेषण कसरी सदुपयोग गर्न सकिन्छ भनेर निरन्तर प्रयास गरिराखेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘आज साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिल्यो।
संसारका सबैभन्दा ठूला र अग्ला टावरहरु हेरियो। यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर सगरमाथा छ । यी दुई टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’ प्रधानमन्त्रीले प्रवासी नेपालीका समस्या र गुनासोहरुलाई सम्बोधन गर्न निरन्तर प्रयास गरिरहेको जिकिर पनि गरे ।
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले नेपालमा विद्युत बजारको समस्या नरहेको भन्दै उत्पादित विद्युत नेपालमै खपत गर्न सकिने र साझा संकल्प गर्ने हो भने १५ वर्षभित्र देशलाई समृद्ध बनाउन सकिने दावी गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्