
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार झापाको बनियानी–८ मा बोरो राइस धानको बेर्ना रोप्ने भएका छन्। झापामा सञ्चालन हुने धान सुपरजोनको उद्घाटन गर्न उच्च पदस्थ सरकारी कर्मचारीसहित झापा आउने उनले परियोजना उद्घाटनका क्रममा धान रोप्ने निश्चित भएको प्रधानमन्त्री कृषि परियोजनाका निर्देशक अच्युतप्रसाद ढकालले जानकारी दिए।
प्रधानमन्त्रीले बोरो राइस धानको बेर्ना रोपेर कार्यक्रम उद्घाटन गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड दिउँसो १२ बजे झापा जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। सरकारले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सो परियोजना सञ्चालनमा ल्याएको हो। झापामा परियोजना सञ्चालनका लागि ११ करोड रुपैयाँ बिनियोजन भइसकेको छ।
सरकारले १० वटा मन्त्रालयको समन्वयात्मक कार्यक्रम निर्धारण गरी देशभर ७ सुपरजोन सञ्चालन गर्नेगरी बजेट विनियोजन गरिसकेको छ। झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलाली गहुँ सुपरजोनका लागि छनोट भएका छन्।
झापाका ६ गाविस बनियानी, पाठमारी, केचना, पृथ्वीनगर, बालुबाडी र घेराबारीलाई धान सुपरजोन क्षेत्र निर्धारण गरी सरकारले यसै वर्षदेखि कार्यक्रम सुरु गरेको हो। परियोजना सञ्चालन गर्न १ खर्ब ३० अर्ब रुपैयाँ १० वर्षमा खर्चेर आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्ने लक्ष्य सरकारको छ। खाद्यान्नमा मुलुक परनिर्भर बनेपछि त्यो समस्या अन्य गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा ल्याएको हो।
झापामा जिल्ला कृषि विकास कार्यालय र सुपरजोन कार्यान्वयन इकाइमार्फत् उद्योगलाई कृषिमा जोड्न जोनको अवधारणा अघि सारिएको हो। प्रधानमन्त्री, विभागीय मन्त्री तथा सम्बन्धित मन्त्रालयका सचिवको सहभागिता रहने उक्त कार्यक्रम उद्घाटनको अवसरमा धान रोप्ने र झार्ने मेसिन किसानलाई हस्तान्तरण गरिने निर्देशक ढकालले जानकारी दिए।
सुपरजोन कार्यान्वयन इकाइ झापाका प्रमुख मेघराज तिमल्सेनाले जिल्लामा धान र माछा पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सुरु हुनेछ। त्यसका लागि झापामा ११ करोड सरकारले छुट्याएको तिमम्सेनाले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्