×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोल्याण्डमा सेना र ट्यांक तैनाथ गर्ने अमेरिकी कदमप्रति रसियाको आपत्ति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पोल्याण्डमा सेना र ट्यांक तैनाथ गर्ने अमेरिकी कदमप्रति रसियाको आपत्ति

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – रसियाले अमेरिकाले पोल्याण्डमा सेना र ट्यांक तैनाथ गर्ने कदम आफ्नो राष्ट्रिय सुरक्षाका निम्ति खतरा भएको बताएको बीबीसीले जनाएको छ ।
तीनहजार भन्दा बढीको संख्यामा अमेरिकी सेना, ट्यांक तथा बख्तरबन्द गाडीहरु अमेरिकी राष्ट्रपति बाराक ओबामाको आदेशमा
उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका सदस्यहरुलाई आक्रामक रसिया विरुद्ध आस्वस्त पार्न तैनाथ गरिएका हो ।  यो युरोपमा बिगत एक दशककै ठूलो सैन्य परिचालन भएको बताइएको छ ।
अमेरिका जस्तो गैर युरोपेली तेस्रो देशले गरेको सो कार्य रसियाको स्वार्थ र सुरक्षालाई चुनौती दिने रसियाको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन् ।
रसियाका उप बिदेश मन्त्री एलेग्जेई मेच्कोभले सो सैन्य परिचालनलाई युरोपको सुरक्षालाई अस्थिर बनाउने तत्व भनेका छन् ।
समाचारका अनुसार ८० वटाभन्दा बढी अमेरिकी ट्यांक र सयौं बख्तरबन्द गाडीहरु जर्मनी आइपुगिसकेका र त्यसलाई सडक र रेलमार्गबाट पूर्वी युरोप लगिँदै गरेको बतायएको छ ।
केहि अमेरिकी सेना पोल्याण्ड प्रवेश गरिसकेको बताइएको छ । बताइएअनुसार युक्रेनमा रुसले गरेको अतिक्रमणको जवाफको रुपमा सो अमेरिकी ब्रिगेडले बाल्टिक्समा सैन्य अभ्यास गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: