एजेन्सी – पोर्चुगलमा पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण खेलेका मारियोको ९२ वर्षको उमेरमा गएराती निधन भएको हो ।
आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गरेका उनी सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री तथा सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बन्न सफल भएका थिए ।
करिब १ महिनादेखि स्वास्थ्य अवस्था प्रतिकुल भएपछि अस्पतालमा उपचारका लागी राखीएका उनको उपचारका क्रममा नै निधन भएको हो । उनको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन ।