
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रभु बैंकको सेयर कारोबार आइतबारदेखि खुलेको छ । अब प्रभुका लगानीकर्ताले दोस्रो बजारबाट पनि किनबेच गर्न पाउने भएका छन् । प्रभु र ग्रान्ड बैंकबीच मर्ज भए पनि लामो समयसम्म सेयर कारोबार हुन नसक्दा लगानीकर्ता मारमा पर्दैआएका थिए ।
यसअघि मर्ज भइसकेको ग्रान्डलाई अलग्याएर प्रभुको मात्र कारोबार खुला गरिएको थियो ।
कानुनी प्रक्रिया उलंघन गरी प्रभुको मात्र कारोबार खुला गरिएपछि धितोपत्र बोर्डले कारोबार रोक्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि कारोबार स्थगित भएको थियो । अहिले मर्ज सम्पन्न भएको ग्रान्डको समेत किनबेच हुन सक्ने गरी फेरि सेयर कारोबार खुला भएको हो ।
ग्रान्ड बैंक वित्तीयरुपमा निकै धराशायी बनेपछि यसअघि यसको कारोबारमा समेत अन्योल उत्पन्न हुँदै आएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्