
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रभु बैंकले एक अर्ब ११ करोड २३ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । किस्ट र ग्रान्डलाई मर्ज गरेपछि लामो समयसम्म थला परेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही आशा जगाउने तस्बिर बाहिर ल्याएको छ ।
गत आर्थिक वर्षको यही त्रैमासको भन्दा नाफा ७० करोड ६६ लाख ८४ हजार रुपैयाँले धेरै देखिन्छ । गत वर्षको दोस्रो त्रैमासमा प्रभुले जम्मा ४० करोड ५६ लाख ४४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यद्दपि नाफामा राइट ब्याक नै प्रमुख कारण रहेको छ । प्रभुले एक अर्ब १३ करोड तीन लाख ४५ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । राइट ब्याक गर्नुको अर्थ प्रभुले यसअघि फसेको ऋण उठाएको बुझिन्छ । विशेषगरी ग्रान्ड बैंकमा ठूलो मात्रामा खराब कर्जा रहेको र त्यसले बैंकलाई थला पारेको थियो ।
यो त्रैमासमा ठूलोमात्रामा खराब कर्जा असुली गरेको तथ्य प्रभुले बाहिर ल्याएको छ । यद्दपि बैंकका अन्य कतिपय सूचक अझै पनि राम्रा छैनन् । चुक्ता पुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ रहेको प्रभुको जगेडा कोषमा भने जम्मा एक अर्ब ४१ करोड २२ लाख ८७ हजार रुपैयाँ रहेको छ । यो जगेडा कोष निकै कम हो ।
लगानीका हिसाबले जगेडा कोष मजबुत नभएसम्म संस्था आकर्षक मान्न सकिन्न् । चुक्ता पुँजीको आधारमा बैंकले जगेडा कोषलाई बलियो बनाउनुपर्ने आवश्यकता देखिन्छ । प्रभुको यो त्रैमासमा खुद ब्याज आम्दानी भने निकै राम्रो देखिएको छ । खुद ब्याज आम्दानी बढ्नुले बैंकिङ व्यवसाय राम्रो हुँदै गएको बुझिन्छ ।
यो बैंकको सकारात्मक पक्ष हो । गत वर्षको दोस्रो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ७३ करोड ५३ लाख ७६ हजार रुपैयाँले बढोत्तरी गर्न बैंक सफल भएको छ ।
गत वर्षको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी जम्मा ७० करोड ७३ लाख ३० हजार रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा भने करिब दोब्बरले वृृद्धि गरेर एक अर्ब ४४ करोड २७ लाख ६ हजार रुपैयाँ पु¥याएको छ । निक्षेप रकम करिब ४७ अर्बबाट बढाएर ७० अर्ब २१ करोड ६५ लाख ६७ हजार पु¥याएको प्रभुले ५६ अर्ब ५२ करोड ९० लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले अझै ठूलो मात्रामा खराब कर्जाको भारी बोकिरहेको छ ।
दोस्रो त्रैमासमा आइपुग्दा प्रभुको खराब कर्जा ४।८८ प्रतिशत छ । यो तुलनात्मकरूपमा धेरै हो । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ०१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्