
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग रुष्ट भएका छन् ।
प्रधानमन्त्रीका कानूनी सल्लाहकार समेत रहेका श्रेष्ठले हालै उच्च अदालतमा ८० न्यायाधिश नियुक्ति भएको विरुद्ध सरकारी वकिलले थालेको इजलास बहिस्कार आन्दोलनमा ऐक्यबद्धता जनाएपछि प्रधानमन्त्री उनीसँग रिसाएका हुन् । श्रेष्ठले ८० न्यायाधीशमा सरकारी वकिलबाट कमलाई मात्र नियुक्ति गरिएको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाउँदै आएका छन् ।
श्रेष्ठले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा आवश्यक परे प्रधानमन्त्री प्रचण्डविरुद्धसमेत मुद्धा लड्ने चेतावनी दिएका थिए । ‘आफैंले नियुक्त गरेको आफ्नै कानूनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ताले मुद्धा लड्नेसम्मको धम्की दिँदै हिंडेकामा प्रधानमन्त्री गम्भीर बन्नुभएको छ’, बालुवाटार स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘उहाँ (श्रेष्ठ) लाई बोलाएर चेतावनी दिने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले श्रेष्ठको अभिव्यक्तिलाई अनैतिकको संज्ञा दिएका छन् । ‘जसले जे कामका लागि नियुक्त गरेको हो त्यो काममा सघाउनु त कतो हो कता उल्टै नानाथरी बोलेर हिंड्ने भए राजीनामा दिए भइहाल्यो नि’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने ।
श्रेष्ठले इजलास बहिस्कार आन्दोलन सही रहेकाले त्यसमा आफ्नो सबै प्रकारको साथ र सहयोग रहने भन्दै सरकारी वकिलहरुको पक्षपोषण गर्दै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्