×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानीको बिल तिरे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानीको बिल तिरे

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् ।
उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए । दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।
ट्यांकरको मात्र नभई धाराबाट वितरण भइरहेको खानेपानीको समेत विभिन्न संघ–संस्था, व्यक्ति तथा कार्यालयबाट बक्यौता उठ्न सकेको छैन । केयूकेएलले उठाउन बाँकी यस्तो महसुल परिणाम हालसम्म दुई अर्ब रुपैयाँ पुगिसकेको भट्टराईले जानकारी दिए । यो बक्यौता नेपाल खानेपानी संस्थान हुँदादेखिकै हो ।
संस्थानबाट ७० करोड रुपैयाँ रुपान्तरण भइआएको र २०६४ पछि केयूकेएलको मात्रै १ अर्ब ३० करोड रुपैयाँ बक्यौता भइसकेको छ । केयूकेएल हाल वार्षिक २० करोड रुपैयाँ नगद घाटामा सञ्चालनमा भइरहेको छ । उनका अनुसार, केयूकेएलको महसुल नतिर्नेमा निजी उपयोगकर्ताभन्दा कार्यालय भन्दा पनि सरकारी कार्यालय र संघसंस्था छन् ।
“जंगबहादुरका पालादेखिको खानेपानीको लाइन भएकाले बिलिङ भए पनि स्पष्ट जानकारीसमेत नभएको अवस्था छ,” उनले भने, “यस्ता धाराको संख्या करिब १३ हजारको हाराहारीमा छ ।” सिंहदरबार, सार्वजनिक धारा, सरकारी कार्यालयहरू, अस्पताल, नाराहणहिटी संग्रहालय, नगरपालिकाका कार्यालयलगायतको नाममा लाखौं रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको खबर आजको कारोबारमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: