×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्ड निर्वाचनको विपक्षमा

GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्ड निर्वाचनको विपक्षमा

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ-स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको  छ ।
त्रिविको सभामा बोल्दै उहाँले सरकार स्थानीय निकायको निर्वाचनम जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गर्नुभएको हो । ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाडै घोषणा गर्ने तयारी गरिरहेका छौं,  यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ ।’ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।
त्रिविले सबे विद्यार्थी संगठनसँग पटकपटक गरी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको थियो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: