×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्लभ अवसर छोप्न प्रधानमन्त्री यूएई जाँदै

LAXMI SUNRISE BANK
GLOBAL

दुर्लभ अवसर छोप्न प्रधानमन्त्री यूएई जाँदै

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – संयुक्त अरब इमिरेट्स ९यूएई० सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमत्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरेको छ ।
यूएईको राजधानी आबुधाबीमा हुने विश्व उर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।
यूएईका यूवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व उर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्याक्रम छ ।
दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ । खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी