
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन विधेयक संसदमा जबर्जस्ती पेश नभएको दावी गरेका छन्। सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले एमालेसँग समझदारीमै विधेयक संसदमा टेबुल गरिएको बताएका हुन्। “झण्डै झण्डै एग्रीड टु डिस एग्रीमा टेवुल गरिएको हो, जबरजस्ती भन्ने चाहिं होइन,” प्रधानमन्त्रीले भने।
आइतबार प्रतिपक्षी दल एमाले लगायतका सांसदहरुले आसन ग्रहण नगरेकै बेला संसोधन प्रस्ताव टेवुल भएको थियो। एमाले अध्यक्ष केपी ओलीसँग एक घण्टा जति छलफल समेत भएको जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले भने, “विषयमा सहमति नभएपछि प्रक्रिया अगाडि बढाउँ, विषयमा छलफल गर्दै गरौं भनेर समझदारी भएपछि टेबुल भएको हो।” उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग कांग्रेस सभापति, एमाले अध्यक्ष र आफूबीच लामो छलफल समेत भएको भन्दै सबै विषय टुंगिने दावी गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्