×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा नदिएकोमा प्रधानमन्त्रीसँग राष्ट्रपति रुष्ट

GLOBAL IME BANK

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा नदिएकोमा प्रधानमन्त्रीसँग राष्ट्रपति रुष्ट

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट भएकी छन् ।  पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा नदिइएकामा राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेको शीतलनिवास स्रोतले जनाएको छ ।
केही दिनअघि राप्रपा प्रमुख सचेतक दीलनाथ गिरी नेतृत्वको टोलीले राष्ट्रपति भण्डारीलाई भेटी पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय एकता दिवस मनाउन सरकारलाई दबाब दिन आग्रह गरेको थियो ।
राष्ट्रपतिले बिदाबारे सरकारले निर्णय गर्ने भन्दै त्यसका लागि आफूले सुझाव दिने बताएकी थिइन् । राष्ट्रपतिको सन्देश बालुवाटार पुगे पनि सार्वजनिक बिदा भने दिइएन ।
यद्यपि बुधबारको मन्त्रिपरिषद बैठकले बिदाबारे अध्ययन गर्न एक समिति गठन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: