×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी र कांग्रेसबीच राजदूत भागबन्डा मिल्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माओवादी र कांग्रेसबीच राजदूत भागबन्डा मिल्यो

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजानन्त्र पार्टीले र एक देशमा साना दलको तर्फबाट राजदूत सिफरिस गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफरिस गर्दा दुवै पार्टीले ५०– ५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए ।
कांग्रेस सभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफारिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए ।
त्यसैका कारण राजदूत नियुक्ति सरिफारिसमा सहमति जुट्न सकेको थिएन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: