Skip to content

प्रचण्डलाई दबाब दिन मोर्चाका नेता बालुवाटार जाँदै

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार दिउँसो ३ बजे भेटवार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतको फैसला पछि पनि नेकपा एमालेले सीमांकन हेरफेरको फिर्ता लिन सरकारलाई दबाव दिइरहेका बेला मोर्चाका नेताहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।
मोर्चाको बुधबार बसेको बैठकले संविधानको धारा २७४ नै खारेज गरेर भए पनि संविधान संशोधन प्रस्ताव पारित गरिनुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई यही विषयमा दबाव दिनका लागि बालुवाटार जान लागिएको मोर्चाका नेताको भनाइ छ ।
प्रधानमन्त्री पछि हट्ने डर
मधेसी मोर्चालाई प्रधानमन्त्री प्रचण्ड एमालेको शर्त मानेर संविधान संशोधन प्रस्तावबाट पछि हट्ने हुन् कि भन्ने मधेसी मोर्चालाई डर छ । यही कारण सुरुमा संशोधन प्रस्तावको आलोचना गरेको मोर्चाले अहिले यसलाई समर्थन जनाइरहेको छ । आफूले भनेबमोजिम नभए पनि संविधान संशोधन प्रस्तावमा भोटिङ गर्ने मोर्चाले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्