
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – काँग्रेस र एमालेका नेताहरुले समर्थन जनाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण पृथ्वी जयन्तीमा सरकारी विदा नभएको खुलासा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकालमा प्रधानमन्त्रीको सल्लाहकार बनेका प्रमोद दाहालले यसको खुलासा गरेका हुन् ।
उनका अनुसार, संसदको अवरोध खुलाउन केही दिन अघि बसेको पाँच दलको बैठकमा राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिन प्रस्ताव राखेको थियो । जसमा नेकपा एमाले, कांग्रेसका शीर्ष नेताले सहमति जनाए । तर प्रधानमन्त्री प्रचण्डले मानेनन ।
उनले ‘दलहरूसँग छलफल गर्छु’ मात्र भने । प्रचण्डको जबाफ सुनेपछि सँगै रहेका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने– हामी यही छौँ । शेरबहादुरजी, रामचन्द्र जीले पनि हुन्छ भन्नुभयो । हाम्रो पनि आपत्ति छैन, अनि हामी यहाँ छदै छौ, फेरि कुन–कुन दलसँग छलफल गर्नुपर्यो र रु निर्णय तपाईं लिनुस ।’
त्यस दिनको प्रसंगबारे जानकारी दिँदै सल्लाहकार दाहालले भनेका छन् – ‘तर पुष्पकमल दाहाल बोलेनन् ।’
‘उनले को संग छलफल गर्छु भनेका हुन, सायद अन्तैका दल हुन कि रु,’ राप्रपाका एक नेता भन्दै थिए – ‘उताबाट नभनी बिदा दिँदैनन । क्रिश्चियनहरुको पर्वमा विदा दिन हुने अनि राष्ट्र एकीकरण गर्ने व्यक्तित्त्वको स्मरणमा बिदा नदिने रु’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्