
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री प्रचण्डको पत्नी सीतालाई लागेको झाडा पखाला एक सातासम्म नरोकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तनाब भएको छ ।
सीताको विगत ६ दिनयता राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार सीतालाई झापा पखाला लागेपछि अस्पताल लगिएको हो । झाडा पखालासँगै उच्च ज्वरो आएको परिवारका एक सदस्यले काठमाण्डु टुडेलाई बताए ।
‘झाडा पाखाला लागेर अस्पताल ल्याइएको हो, अस्पताल आएपछि ज्वरो पनि आउन थाल्यो’, ती सदस्यले भने । उनका अनुसार बालुवाटानरस्थित सरकारी निवासमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षणका साथै औषधि सेवन गराइएको थियो । तर, निवासमा चिकित्सकले चलाएको औषधिले झाडा पखाला नियन्त्रणमा नआएपछि नर्भिक लगिएको हो ।
यद्यपि शनिबारदेखि सीताको अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । ‘सुधारोन्मुध अवस्थामा हुनुहुन्छ, आजै वा भोलिसम्ममा डिस्चार्ज हुन्छ कि ’, स्रोतले भन्यो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्