
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न थालेको बताएका छन्। योङ कम्युनिष्ट लिग वाईसीएलको एकता भेलामा मंगलबार उनले एमालेप्रति लक्षित गर्दै एकथरी शक्तिले राष्ट्रवादको नाममा दक्षिणपन्थी चलाउन खोजेको आरोप लगाए।
हामी हिमाड, पहाड र तराईबीच भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकता हासिल गर्ने प्रयासमा छौं। तर, एकथरी शक्तिहरु राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन्। अन्धराष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागु हुनै नदिने, धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन्ु उनले भने।
प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई जोड्नु नै वास्तविक राष्ट्रवाद हुने दावी गरे। ुएउटा भाषा वा समुदायको प्रतिनिधित्व गर्ने, हिमाल र पहाडलाई भड्काएर एक–अर्काका विरुद्ध उभ्याउने सोंच राष्ट्रवादी सोंच हुन सक्दैनु उनले भने ुमाओवादी नक्कली राष्ट्रवादको पक्षमा होइन, जनताको आत्मिक एकतासहितको राष्ट्रिय एकताको पक्षमा छ।
सरकार स्थानीय निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता कायम गरेर निर्वाचनमा जाने दावी गरे।
छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ। राष्ट्रिय एकता कायम गरेर निर्वाचनमा जानुको हामीसँग अर्को बिकल्प छैन। त्यसका लागि तपाईहरु पनि जनताको घर–आँगनमा जाने कार्यक्रम बनाउनुस्। दश माओवादी घटकहरुको एकतापछि मंगलबार माओवादीनिकट ७ युवा संगठनहरुको एकता भेला आयोजना गरिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्