×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गायक प्रकाश ओझा पक्राउ, दश बर्षका लागि जेल चलान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गायक प्रकाश ओझा पक्राउ, दश बर्षका लागि जेल चलान

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा पक्राउ परेका छन् । मानव वेचबिखन तथा ओसार पसार मुद्धामा २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थियो । सजाय सुनाएदेखिनै फरार भएका उनलाई अन्तत: प्रहरीले पक्राउ गरेको हो । 

ओझालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरी फैसला कार्यान्वयनका जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी