
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफूले सिकेको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्न संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेका छन्। अमेरिकाको टेक्सास, डालासमा शनिबार गैरआवासीय नेपाली संघ अमेरिकाको पाँचौं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा।महतले नेपाल नयाँ संविधान कार्यान्वयन गरी आर्थिक विकासको एजेण्मा अघि बढ्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका हुन्।
‘नेपाललाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्छ’, उनले भने, ‘यो अभियानमा गैरआवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण हुन्छ।’ नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिए पनि सत्य नभएको भन्दै मन्त्री डा महतले विदेशीहरू लगानीका लागि आइरहेको बताए।
गैरआवासीय नेपाली पनि नेपालको विकास अभियानमा आउनुपर्ने उनको भनाइ छ। ‘हिजोआज नेपालमा राष्ट्रियताको विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको छ’, महतले भने,‘नेपालको परराष्ट्र नीति कतै ढल्किएको छैन, नेपालतर्फ मात्र ढल्किएको छ।’ साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्