
काठमाडौँ – पृथ्वीनारायण शाहको २९५औं जन्म जयन्ती मनाउने क्रममा राजधानीमा हङ्गामा भएको छ। बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी एकजनाले पृथ्वीनारायण शाहमाथि प्रश्न उठाएपछि वक्ताका रुपमा रहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात गर्जिएका छन् ।
कार्यक्रममा वक्ताहरुले पृथ्वीनारायण शाहको बारेमा चर्चा गरिसकेपछि सहभागीहरुलाई २० मिनेट अन्तरक्रियाका लागि समय छुट्याइएको थियो। सो क्रममा सहभागी रवि गुरागाईंले पृथ्वीनारायण शाहको गुनगानमात्रै गाउने काम भएको भनि प्रश्न उठाएपछि अतिथि दीर्घामा बसेका पूर्वजर्नेल बस्न्यात मञ्चबाटै उनीमाथि जाइलागेका थिए।
गुरागाईंले पृथ्वीनारायण माथि प्रश्न उठाएपछि पूर्वजर्नेल बस्न्यात गर्जिदै भनेका थिए, ‘पृथ्वीनारायण शाहमाथि प्रश्न उठाउने तँ को होस्रु सेनाको मान्छे हुँ, बन्दुकले उडाइदिन सक्छु ।’
गुरागाईंप्रति लक्षित गर्दै उनले आफूले लगाएका दुईवटै जुत्ता खोलेर प्रहार गरेका थिए। सहभागीले गुरागाईंलाई छेकेपछि जुत्ता लाग्नबाट उनी जोगिएका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजित विशेष प्रवचन कार्यक्रम’ नामक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा उपस्थित थिए। उनी मन्तव्य राखेर कार्यक्रम हलबाट बाहिरिएपछि सो घटना भएको हो । एसियन समाभारबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्