Skip to content
LAXMI SUNRISE BANK

आउने भयो प्रिमियर इन्स्योरेन्स एफपीओ

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ – नयाँ सेयर एफपीओ निष्काशनको अनुमति माग्दै प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड धितोपत्र बोर्ड पुगेको छ। कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निष्काशनको अनुमती माग्दै आबेदन दिएको धितोपत्र बोर्डले जनाएको छ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ९०४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता १००४ रुपैयाँमा एफपीओ निष्काशन गर्न लागेको जनाइएको छ। एफपीओ निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्रि प्रबन्धकामा एनएमबि क्यापिटललाई नियुक्ति गरेको छ। 
प्रिमियर इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको छ। यस पश्चात कम्पनीको चुक्ता पुंजी ४४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। 
एफपीओ वितरणपछि कम्पनीमा सेयर स्वामित्व संस्थापक ५१.९४ र साधारण ४८.०६ रहने छ भने चुक्ता पुंजी ५१ करोड ८० लाख रुपैयाँ पुग्ने छ। प्रिमियर बापतको कारोब ६३ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK