
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रिमियर ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निष्काशन गर्न लागेको नयाँ शेयर फर्दर पब्लिक अफरको मूल्य निर्धारण गरेको छ । कम्पनीले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले साधारण शेयरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँमा ९ सय ४ रुपियाँ प्रिमियम थप गरी १ हजार ४ रुपियाँमा एफपिओ निष्काशन गर्ने छ ।
कम्पनीले अहिले तयार पारिएको प्रक्षेपित विवरण तथा वासतविक विवरणमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा त्यसको कारण सहित सूचना सार्बजनिक गर्ने प्रतिबद्दता समेत जाहेर गरेको छ ।
एफपीओ निष्काशनपश्चात कम्पनीमा संस्थापक तथा सर्वसाधारण तर्फको शेयर अनुपात ५१ः४९ कायम रहने छ। प्रिमियम वापत प्राप्त रकम कम्पनीको जगेडा कोषमा जाने छ। भविष्यमा कम्पनीको पूंजी बृद्धि गर्नुपर्ने अवस्थामा प्रचलित कानुन अनुसार सो रकमबाट राम्रो अंकको बोनस शेयर जारि गर्न सक्ने अपेक्षा गरिएको छ।
एफपिओ निष्काशन लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्