×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छापा माध्यमको एफडीआई सीमा बढाउँदै भारत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

छापा माध्यमको एफडीआई सीमा बढाउँदै भारत

Artha Sarokar

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारत सरकारले छापा माध्यममा विदेशी प्रत्यक्ष लगानी खुकुलो पार्नेबारे विचार गरिरहेको छ । हाल भारतमा विदेशी लगानीकर्ताहरूले छापा माध्यममा अधिकतम २६ प्रतिशतसम्म मात्रै लगानी गर्न सक्ने व्यवस्था छ ।
 यद्यपि, सरकारले सो सीमा बढाएर ४९ प्रतिशतमा पुर्‍याउनेबारे विचार गरिरहेको यस मामिलाबारे जानकार स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था ‘प्रेस ट्रष्ट अफ इण्डिया’ले एक समाचार छापेको छ । छापा माध्यममा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित सरकारले यसबारे विचार विमर्श शुरू गरेको बताइएको छ ।
गतवर्ष सरकारले नागरिक उड्डयन, प्रतिरक्षा, निजी सुरक्षा निकाय, फर्मास्युटिकल्स र खाद्यान्न प्रशोधन उद्योगलगायत कयौं क्षेत्रमा एफडीआई नीति खुकुलो पारेको थियो । 
आर्थिक वर्ष २०१५र१६ मा भारतमा ४० अर्ब डलर एफडीआई आप्रवाह भएको थियो । एफडीआईको यो आकार अघिल्लो आवको तुलनामा २९ प्रतिशत बढी हो । 
बन्दरगाह, विमानस्थल, बाटोघाटोलगायत पूर्वाधार क्षेत्रको विकास गर्न र आर्थिक वृद्धिलाई टेवा दिन भारतलाई करीब १० खर्ब डलरबराबरको लगानीको खाँचो छ । सो आवश्यकता पूर्ति गर्न पछिल्लो समय सरकारले एफडीआई नीति सहज बनाउन थालेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी